0 COMMENTS

जेठ १५, काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड बराबरको हुने भएको छ । चालु आर्थिक वर्षको भन्दा यो प्रतिशत ठूलो बजेट हो । गत वर्ष तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका थिए । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे । उनले कुल विनियोजनमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ बजेट विनियोजन गरेका छन् ।

यसअघि विष्णु पौडेलले चालु खर्च ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरेका थिए । त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजीगततर्फ ४ खर्ब ३१ खर्ब १० करोड बजेट विनियोजन गरेका छन् । त्यस्तै, यसअघि मन्त्री विष्णु पौडेलले पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन गरेका थिए । अर्थमन्त्री डा. वाग्लेले वित्तीय व्यवस्थापतर्फ ४ खर्ब २२ अर्ब ६४ करोड विनियोजन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।