वैशाख २९, भरतपुर । राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चितवन जिल्लाको भरतपुर १० स्थित नारायणी नमुना माविले यसबर्ष पनि उत्कृष्ट नतिजा हासिल गरेको छ ।
नारायणीका ३७ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन । ३८० जनाले एसईई दिएकोमा ३७ जनाले ४ जिपिए ल्याएको नारायणी नमुना माविका प्रअ रामशरण दुवाडीले जानकारी दिए । गतबर्ष ७ जनाले ४ जिपिए ल्याएका थिए । दुवाडीका अनुसार एक जना विद्यार्थी मात्र ननग्रेडमा परेका छन् । उनलाई सामाजिक विषय लागेको छ ।
यस्तै २१६ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन भने ३.२ देखि ३.६ जिपिए ल्याउने १०२ जना विद्यार्थी छन । २.८ देखि ३.२ ल्याउने २१ जना र २.४ देखि २.८ जिपिए ल्याउने ३ जना विद्यार्थी रहेको दुवाडीले बताए । विद्यालय प्रशासनले यस वर्षको नतिजाले विद्यार्थी, शिक्षक तथा अभिभावक सबैलाई उत्साहित बनाएको जनाएको छ।
