0 COMMENTS

चैत १४, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकलाई प्रहरी परिसर काठमाडौँमा ल्याइएको छ । दुवै जनालाई प्रहरीले निवासबाटै पक्राउ गरेको हो । ओली र लेखकलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी निवासमा पुगेका थिए ।

राति २ बजेतिर नै प्रहरी पुगेका थिए । बिहानमात्रै उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।