0 COMMENTS

चैत १, काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा राष्ट्रिय सुरक्षा तालिम  सुरु भएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले सङ्घीय सरकारका विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, सञ्चारगृह, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल एवम् राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सहभागी रहेको तालिमको उद्घाटन गरे ।

त्यसअवसरमा रक्षा सचिव केदारनाथ शर्माले यही चैत १८ गतेसम्म जारी रहने  तालिमको औचित्यबारे प्रकाश पारेका थिए ।  विसं २०७२ मा सुरु भएको तालिममा हालसम्म २५२ जना सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।