0 COMMENTS

चैत १, गुल्मी । गुल्मीको रुरु गाउँपालिका–१ भटकुवामा चट्याङ लाग्दा एक महिला घाइते भएकी छन् ।

आइतबार बिहान करिब ११:२० बजेतिर घरको भान्सा कोठामा काम गरिरहेकी स्थानीय ५० वर्षीया मन्जु ज्ञवालीलाई चट्याङ लाग्दा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि रिडी प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ।

त्यस्तै सोही स्थानका ४७ वर्षीय मधु ज्ञवालीको घरमा चट्याङ पर्दा बिजुलीको तार जलेर नष्ट भएको छ भने मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। यसैगरी सोही स्थानमा रहेको श्री भटकुवा आधारभूत विद्यालयमा पनि चट्याङ पर्दा कुनै मानवीय वा भौतिक क्षति नभए पनि विद्युत् लाइन सर्ट भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।