0 COMMENTS

फागुन २०, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ। आज सुन प्रतितोला ११ हजार रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ११ हजार रूपैयाँले घटेर तीन लाख १७ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। मङ्गलबार सुन प्रतितोला तीन लाख २८ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ।

मङ्गलबार प्रतितोला पाँच हजार आठ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पाँच हजार पाँच सय ४० रूपैयाँमा कारोबार भइरहेको मखासंघले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय ७५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।