0 COMMENTS

फागुन १२, काठमाडौँ । निर्वाचन आयोगले प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई उमेदवार वा राजनीतिक दलको प्रचारमा सहभागी नहुन सचेत गराएको छ । आयोगले प्रचारप्रसारमा संलग्न भएको गुनासो आएको भन्दै सचेत गराएको हो ।

निर्वाचन आचारसंहिताको दफा (१०) मा कार्यक्रम वा सभा, प्रचारमा संलग्न हुन नपाइने उल्लेख छ । सहभागी भएको पाइएमा आचारसंहिताको दफा ४८ बमोजिम कारबाही हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।