फागुन ११, काठमाडौँ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नं. को बस त्रिशूली नदी किनारमा खस्दा १८ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । आज राति धादिङको चरौंदी नजिकैबाट त्रिशूलीमा बस खस्दा १८जनाको घटनास्थलमै मृत्यु भएको हो ।
राति करिब साढे १ बजे धादिङ, बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मृत्यु भएका १८ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । घाइते २५ जनालाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको उनको भनाइ छ ।
बसमा पोखराबाट २८ जना यात्रु चढेको सूची प्राप्त भएको छ । अन्य यात्रु भने बाटोको बीचमा चढेको अनुमान प्रहरीले गरेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

