0 COMMENTS

फागुन १०, काठमाडौँ ।  मकवानपुरको मनहरी–७ बिजौनास्थित पूर्वपश्चिम सडक खण्डमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

वीरगञ्जबाट चितवन आइरहेको बा प्र०६–००१ ख ००५४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकको बाया साइडमा रहेको विद्युत्को पोलमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बसमा सवार २२ जनालाई उद्धार गरी उपचारको लागि चितवन पठाइएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।