0 COMMENTS

असार ३, काठमाडौँ । नेपालमा आज ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर २ हजार २३४ जनाको पीसीआर परीक्षणमा २४ जना र १ हजार ३७६ जनाको एन्टीजेन परीक्षणमा १० जना गरी ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आज पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १५ जना संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २७७ जना निको भएका छन् । यो कुल संक्रमितको ९८ दशमलव ८ प्रतिशत हो ।

मन्त्रालयका अनुसार हाल नेपालमा १०४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घन्टामा थप १ लाख ५२ हजार ३ सय ३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।