0 COMMENTS

असार ३, गोदावरी । कैलाली जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरस्थित पूर्वपश्चिम सडकखण्डमा गएराती मोटरसाइकल दुर्घटना हुँदा चालक हिक्मतबहादुर रावलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएका बाजुराको सपट्टा–१ का ३७ वर्षीय चालक रावलको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा गएराती ११ बजे मृत्यु भएको हो ।

सुदूर–पश्चिम प्रदेश ०१–०१०–प ९६०३ नम्बरको मोटरसाइकल गएराती साढे १० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।