0 COMMENTS

फागुन २, काठमाडौँ । ललितपुरको कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा शुक्रबार राति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । प्रदेश–०१–००४क ६२२८ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालक ललितपुर, गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकमा सवार ४० वर्षीय र ५० वर्षीय दुई जना पुरुषको भने उपचारका लागि पाटन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । उनीहरुको परिचय खुलेको छैन ।

मिनी ट्रक बालुवा लिएर आउँदै गर्दा सडकबाट ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।