माघ ८, बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। ।
धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर बिहीबार बिहान ९:३० बजेतिर पाटन नगरपालिका-८ को अनारखोलिमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको हो भने ३ जना घाइते भएका छन्। खोड्पे प्रहरी चौकीका इन्चार्ज उदयसिंह खडायतका अनुसार मृतक र घाइतेहरूको परिचय खुल्न नसकेको बताए। ‘घटनास्थलबाट घाइतेहरूको उद्दार गरी डडेल्धुरा अस्पताल पठाएका छौँ, सबै विवरण खुल्न बाँकी छ, ‘प्रहरी इन्चार्ज खडायतले भने ।
ट्याक्टरमा चालकसहित ४ जना सवार रहेको बुझिएको छ । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको छ ।
