0 COMMENTS

जेठ ३१, काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र गैर आवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष विनोद कुँवरबीच भेटवार्ता भएको छ । मंगलबार मन्त्रालयम भएको भेटमा कुँवरले एनआरएनएमा देखिएका समस्या र समाधानको उपायबारे जानकारी गराएका थिए ।

भेटको क्रममा अध्यक्ष कुँवरले केही पात्रहरु एनआरएनएको सिद्धान्त र मूल्य मान्यताको विरुद्ध गएको र आफूहरु त्यसविरुद्ध उभिएको बताउँदै आफू नेतृत्वको टीमले आधिकारिकता पाउनु पर्नेमा दाबी गरे । मन्त्रालयले यसबारे नबोल्दा विश्वभर छरिएर रहेका गैर आवसीय नेपालीहरु अन्यौलमा परेको कुँवरले बताए । उनले यस्तो समस्या आउँदा लगानी गर्न पनि गारो मानेको भन्दै छिटै समस्या समाधानको पहल गर्न मन्त्रीलाई आग्रहसमेत गरे ।

जवाफमा मन्त्री खड्काले दुबै टीमका साथीहरु मिलेर जानुपर्नेमा जोड दिँदै मन्त्रालयले सबैलाई एउटै व्यवहार गरेको जानकारी समेत दिए । मन्त्री खड्काले दुबै टिमले छलफल गरेर सामुहिक धारणा बनाएर आए मन्त्रालयलाई सजिलो हुने बताए ।

एनआरएनएको लागनीको सुरक्षा सरकारले लिने र त्यसको लागि आवश्यक वातावरण बनाउन सरकार तयार रहेको बताउँदै मन्त्री खड्काले लगानी भित्र्याउन आग्रहसमेत गरेको भेटपछि अध्यक्ष कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।