पुस १२, काठमाडौँ । क्रान्तिकारी युवा संघ नेपालले सङ्गठनका केन्द्रीय सचिवालय सदस्य शंकर शाहीलाई तत्काल स-सम्मान रिहा गर्न जोडदार माग गरेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संघ नेपालका संयाेजक सुर्य तिमल्सिनाले शनिबार प्रेस विज्ञप्तिमार्फत सङ्गठनका युवा नेता शंकर शाहीलाई तत्काल स-सम्मान रिहा गर्न जोडदार माग गरेका हुन् ।
क्रान्तिकारी युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य शंकर शाहीलाई प्रहरीले पुस ११ गते काठमाडौँको रत्नपार्कबाट गिरफ्तार गरेको थियो ।

