0 COMMENTS

पुस ११, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले फेरि मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागेकी हुन् । 

शर्मालाई दिउँसो २ बजे शीतल निवासमा शपथ गराउने कार्यक्रम छ। शर्माले माओवादी लडाकु समायोजन समितिमा रहेर काम गरेका छन् । कोभिड महामारीको बेला सीसीएमसीमा पनि उनलेे काम गरिसकेका छन् । शर्मालाई प्रधानमन्त्री कार्कीले परराष्ट्रमन्त्री बनाउन लागेकी बताइए पनि त्यसको टुंगो भइसकेको छैन ।

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा थपिएसँगै अन्तरिम मन्त्रिपरिषद्‌ १५ सदस्यीय बन्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।