0 COMMENTS

पुस ९, काठमाडौँ । सिङ्गो लुम्बिनी प्रदेश साक्षर भएको छ । यसको औपचारिक घोषणा यही पुस १३ गते गरिँदै छ । दाङको देउखुरीमा विशेष कार्यक्रम आयोजना गरेर साक्षर प्रदेश घोषणा गर्न लागिएको हो । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मुख्यमन्त्री चेतनारायण आचार्यले साक्षर प्रदेश घोषणा गर्ने जानकारी दिए 

लुम्बिनी प्रदेशमा पर्ने सबै १२ वटै जिल्ला साक्षर भएकाले सिङ्गो लुम्बिनी प्रदेशलाई नै ‘साक्षर प्रदेश’ घोषणा गर्न लागिएको उनले बताए । उनका अनुसार अनुसार दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, बाँके र कपिलवस्तु जिल्लामा साक्षरता दर ९६ प्रतिशतभन्दा बढी छ । साक्षरता दर उच्च भएका पालिकाहरुमा रुपन्देहीका बुटवल उपमहानगरपालिका र तिलोत्तमा तथा पाल्पाको तानसेन नगरपालिका छन् ।

एसईई परीक्षाको नतिजामा पनि सुधार देखिएको मन्त्री तिमिल्सिनाले बताए । उनका अनुसार शैक्षिक सत्र २०८० मा ३८.६५ प्रतिशत उत्तीर्ण दर रहेकोमा २०८१ मा ६२.०६ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।