पुस ६, काठमाडौँ । क्रान्तिकारी किसान महासंंघ धादिङकाे जिल्ला भेला सम्पन्न भएकाे छ ।
क्रान्तकारी कम्युनिस्ट पार्टी नेपाल निकट किसान महासंघका महाचिव धनेश्वर पाेखरेलकाे प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भेलाले यमबहादुर अधिकारीकाे संयाेजकत्वमा ९ सदस्यीय जिल्ला सम्मेलन आयाेजक समिति चयन गरिएकाे छ । हरि खतिवडाकाे अध्यक्षतामा सम्पन्न महासंघकाे जिल्ला भेलाद्वारा चयन गरिएकाे सम्मेलन आयाेजक समितिका सदस्यहरूमा सुस्मिता भुजेल, काइला तामङ, लालबहादुर दुवाडी, दामोदर रिमाल, इश्वोरबहादुर घले, किरन कुमार शाही, रेसमबहादुर भुजेल, टीका कुमारी घले रहेका छन् ।
भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ८ नम्बर ब्यूराे सचिव दिपकको विशेष आतिथ्यता र अमृत अधिकारीकाे सञ्चालन रहेकाे थियाे ।
