0 COMMENTS

पुस ३, काठमाडौँ । नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला सात सय रूपैयाँ बढेर दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।

बुधबार सुन प्रतितोला दुई लाख ५९ हजार सात सय रूपैयाँमा कायम भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बुधबार तोलामा चार हजार ५५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार ८० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय ३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।