0 COMMENTS

मङ्सिर २१, काठमाडौँ । दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । दार्चुलाको घुसा केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

भूकम्पका कारण दार्चुला र आसपासका जिल्लामा धक्का महसुस भएको थियो । भूकम्पको क्षतिको विवरण भने प्राप्त भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।