0 COMMENTS

मङ्सिर ४, भरतपुर । मङ्सिर ५ र ६ गते नारायणगढस्थित नारायणी पुलमा राति ५ घण्टा यातायात सञ्चालनमा रोक लगाइने भएको छ । सडक विभागले बुधबार साँझ सूचना जारी गरेर गैंडाकोट र नारायणगढ बिचमा रहेको नारायणी नदीको पुलमा पुग्ने (एप्रोच रोड) कालोपत्रे गर्ने कामका लागि दुई दिन राति ११ बजेदेखि बिहान ४ बजेसम्म सबै यातायातका साधन सञ्चालनमा रोक लगाउने जनाएको छ ।

विभागले ती दुई दिन पूर्वबाट नारायणगढ हुँदै बुटवलतर्फ जाने गाडी रामनगर क्षेत्रमा र बुटवल कावासोती हुँदै नारायणगढतर्फ जाने गाडी थुम्सी क्षेत्रमा रोकिने सूचनामा उल्लेख छ । महेन्द्र राजमार्ग फराकिलो बनाइरहेको चिनियाँ ठेकेदार कम्पनीले नारायणगढ र गैंडाकोटको बिचमा रहेको नारायणी नदी किनारको सडक (गैंडाकोट तर्फको) कालोपत्रे गर्न गाडी रोक्न लागेको जनाएको छ ।

गत ७ वर्षदेखि नारायणगढ- बुटवल सडक फराकिलो पार्ने काम गरिरहेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिंग कर्पोरेसनले नारायणगढ- बुटवल सडक खण्डअन्तर्गत गैंडाकोटदेखि दुम्कीबाससम्म कालोपत्रे गर्ने काम सक्ने चरणमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।