0 COMMENTS

कात्तिक १८, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्वाधीन संयुक्त सरकारमा जोड दिएको छ ।

देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिका बीच संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको पक्षमा सङ्घर्ष उठाउँने पार्टीको योजना रहेको छ । उक्त पार्टीको बर्दघाट नगर कार्यालयको बैठकमा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले स्वाधीन संयुक्त सरकारको योजना लिएर आफूहरू जनतामाझ जाने बताए ।

सो अवसरमा क्रान्तिकारी संयुक्त मोर्चा नेपालका जिल्ला संयोजक चुडामणी भण्डारी, ज्ञानबहादुर केसी र नगर संयोजक रामप्रसाद अर्गेजाले विचार ब्यक्त गरेका थिए । कार्यक्रममा बर्दघाट नगरमा पार्टीको अवस्था र खेल्नुपर्ने भुमिकाको साथै बैचारिक रूपमा प्रशिक्षित गर्ने योजना बारे छलफल भएको पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।