0 COMMENTS

कात्तिक १५, काठमाडौँ । आज बिहानदेखि बागमती प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे सार्वजनिक गरेको विवरणअनुसार कोशी, मधेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा पनि हल्का वर्षा भइरहेको छ।

बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रही नेपालको मौसम प्रभावित भएको हो । शनिबारबाट सो प्रभाव कम भइ क्रमिक रुपमा मौसममा सुधार हुने महाशाखाको भनाइ छ । साथै नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।