0 COMMENTS

जेठ २४, नेपालगञ्ज । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिकाकी १६ वर्षकी किशोरीमाथि सामूहिक बलात्कार भएको छ । प्रहरीले बलात्कारमा संलग्नको आरोपमा सात जनालाई पक्राउ गरेको छ । पाँच जनामाथि बलात्कारमा संलग्न र दुई जना मतियार रहेको प्रहरीले जनाएको छ ।
राप्तीसोनारी गाउँपालिकाकी १६ वर्षकी किशोरी
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका– ८ का हेमराज थारु, विक्रान्त थारु, निराजन थारु, प्रविण थारु र राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए ।

सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र प्रेम सम्बन्धमा रहेका युवक हेमराज थारुले जन्मदिन मनाउन बोलाएपछि राप्तीसोनारी गाउँपालिकाकी १६ वर्षकी किशोरी बाँके र बर्दिया जिल्लाको सिमानामा पर्ने मानखोलाको जंगलमा पुगेकी थिइन् । त्यहीँ उनको सामूहिक बलात्कार भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।