कात्तिक १०, काठमाडौँ । छठ पर्वको मुख्य दिन आज (सोमबार) अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर उल्लासपूर्वक मनाइएको छ ।
छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ्य दिइएको छ ।
नदी, तालतलैया र पोखरीको किनारमा सिँगारिएर तयार पारिएका घाटमा केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइने गरिन्छ ।
