कात्तिक १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।
आज सूर्योदय बिहान ६ बजेर ६ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ३२ मिनेटमा हुनेछ ।
