0 COMMENTS

असोज २९, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३७ जनामा डेंगुको संक्रमण पुष्टी भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाँशाखा इडिसिडी ले सार्वजनिक गरेको तथ्यांक अनुसार यो संगै नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार १ सय ९७ पुगेको छ । सबैभन्दा धेरै १५ सय ६२ जना संक्रमित रहेको गण्डकी प्रदेशमा यो साता भने संक्रमितको  संख्या  घटेको छ ।

यो साता बागमति प्रदेशमा सबैभन्दा धेरै १ सय २५ जनामा डेंगुको संक्रमण देखिएको इडिसिडीले जनाएको छ । त्यसपछि क्रमश कर्णाली प्रदेशमा १ सय १ जनामा संक्रमण देखिएको छ भने सुदुरपश्चिममा ५९, लुम्बिनीमा ५८, गण्डकीमा ४९, कोषीमा २८ र मधेश प्रदेशमा ८ जना गरी ४ सय २८ नयाँ संक्रमति थपिएका छन् । 

आगामी कात्तिक महिनासम्म डेंगु संक्रमणको जोखिम कायमै रहेकाले सावधानी अपनाउन इडिसिडीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।