0 COMMENTS

असोज २८, काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा सुनको मूल्य ८ हजार १ सय रुपैयाँले बढेर कीर्तिमानी उचाइमा पुगेको हो ।  

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । सोमबार सुनको कारोबार प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा भएको थियो ।  

त्यसतै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।