भदौ २५, चितवन । भरतपुर कारागारमा रहेका कैदी, बन्दीहरू बाहिर निस्किएका छन्। उनीहरू पोको पुन्तरो बोकी लामबद्ध भएर सडकमा हिँडिरहेका छन्।
बुधबार विहान कैदीहरूले कारागार तोडफोड गर्दै आगजनी गर्न थालेपछि उनीहरूलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो।
आगजनी गर्न थालेपछि कारागारमा तैनाथ सुरक्षाकर्मीहरू कैदीहरूलाई छाड्न बाध्य भएका थिए। भरतपुर कारागारमा ७ सय बढी कैदी, बन्दी रहेका थिए।

 
             
			                             
			                            