0 COMMENTS

भदौ २४, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले तोडफोडका साथै आगजनी गरेका छन् ।

मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् ।

प्रदर्शनकारीले आजै देउवा पत्नी आरजु राणा देउवाको धनगढीस्थित निवासमा पनि तोडफोडसहित आगजनी गरेका छन् ।

प्रदर्शनकारीले काठमाडौँको नैकापस्थित कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको घरमा पनि आगजनी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।