भदाै १९, लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
पोर्चुगलको राजधानी लिस्बनमा रहेको प्रसिद्ध ग्लोरिया फ्युनिक्युलर रेलको एक कोच पटरीबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको हो । दुर्घटना बुधबार साँझ (स्थानीय समय) करिब ६ बजे भएको थियो ।
बिबिसीका अनुसार घाइतेमध्ये पाँच जनाको स्वास्थ्य अवस्था गम्भीर छ । स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाए अनुसार रेल लिकबाट उछिट्टिएर एक भवनमा बज्रिन पुगेको थियो ।
रेलको सपोर्टिङ केबल भाँचिएपछि लिक छाडेको समाचारमा उल्लेख छ । रेलका डिब्बा पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । मृतकको पहिचान हुन बाँकी रहेको समाचारमा उल्लेख गरिएको छ ।