0 COMMENTS

जेठ १५, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का प्रवक्ता मानबहादुर तामाङ दुर्घटनामा परि घाइते भएका छन् । आइतबार बा १० च ९३ नम्बरको आफ्नै कारमा काठमाडौँ आउँदै गर्दा सिन्धुलीगढीको ओरालोमा प्रवक्ता मानबहादुर तामाङ र युवा संगठनका सदस्यसहित दुइजना दुर्घटनामा परेका हुन् ।

उक्त दुर्घटनामा परि प्रवक्ता मानबहादुर तामाङलाई सामान्यय चोटपटक लागेको छ भने सँगै रहेका युवा संगठनका सदस्य गम्भीर घाइते भएको नेकपा (समाजवादी) का स्थायी समिति सदस्य भीम चापागाईंले नयाँ स्वाभिमानलाई जानकारी दिए । घाइतेहरुको उद्धार प्रहरीले गरि स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि उनले जानकारी दिए ।

उक्त गाडीमा सवार नेकपा (समाजवादी) का अध्यक्षा राजु कार्की, बागमति प्रदेश इन्चार्ज तथा स्थायी समिति सदस्य इन्द्र तिमिल्सिना र केन्द्रीय सदस्य हिस्सबहादुर तामाङ भने सकुसल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।