0 COMMENTS

ललितपुर। पशु सेवा कार्यालय, ललितपुुरद्धारा आ.व. २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमको सार्वजनीकरण गोष्ठी सम्पन्न गरेको छ ।
पशुु सेवा कार्यालय, ललितपुरको सभाहलमा शुुक्रबार सम्पन्न सो गोष्ठीमा कार्यालय प्रमुख डा. प्रभात न्यौपानेले सरोकारवाला निकायहरुको उपस्थितिमा कार्यक्रमको सार्वजनीकरण प्रस्तुत गर्नुभएको हो ।

आ.व. २०८२/८३को पूँजिगत तर्फको वार्षिक कार्यक्रम

आ.व. २०८२/८३को चालु तर्फको बार्षिक कार्यक्रम


गोष्ठीमा गत आ.व. २०८१/०८२ मा संचालित कार्यक्रमहरुको प्रगति विवरण पनि प्रस्तुत गरिएको थियो ।


कार्यक्रमका प्रमुुख अतिथि बागमती प्रदेशका निवर्तमान मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले दुुधलाई कसरी गुुणस्तरीय र भाउ कसरी बढाउने भन्नेमा व्यापक छलफल गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । सीमापारीको दुुध सस्तो र कमसल खालको आउने हुनाले यहाँको दुुध सस्तोमा अर्थात नबिक्ने उहाँको भनाई थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्यद्धय यमुुुना देवि श्रेष्ठ तथा समिता खड्गी श्रेष्ठ बोल्नुु भएको थियो । नेपाल पोल्टी महासंघका प्रथम अध्यक्ष नरायणहरी खत्री, जिल्ला समन्वय समिति ललितपुुरका प्रमुुख ऋषिदेव फुुयाँल, पशुुपन्क्षी व्यवसायी संघ तथा नेपाल डेरी एशोसियसन बागमती प्रदेश अध्यक्ष टिकाप्रसाद घिमिरे, केन्दीय दुुग्ध विकास समितिका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, वंगुुर व्यवसायी संघका सचिव हरि विक्रम राई लगायतकाले बोल्नुु भएको थियो । कार्यक्रममा काठमाडौँ, भक्तपुर र  ललितपुरका २१ वटा पशुु सेवा शाखा प्रमुुख तथा प्रतिनिधिहरुको सहभागीता थियो । साथै सरोकारवाला संघ संस्थाका प्रतिनिधि तथा संचारकर्मिहरुको सहभागिता थियो । कार्यक्रमको अध्यक्षता कार्यालयका प्रमुुख डा. प्रभात न्यौपानेले गर्नुुभएको थियो भने कार्यक्रमको संचालन कार्यालयका अधिकृत कृष्ण कार्कीले गर्नुु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य कार्यालयका पशुु चिकित्सक डा. नितेश कार्कीले गर्नुु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।