0 COMMENTS

जेठ १३, चितवन । नारायणगढबाट मुग्लिनतर्फ ग्यास बोकेर जाँदै गरेको बुलेटमा आगलागी भएको छ । शुक्रबार दिउँसो चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्याँस बोकेको बुलेटमा आगलागी भएको हो ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । दिउँसो १ बजेतिर बुलेटमा आगलागी भएको हुँदा सम्भावित क्षतिको न्युनिकरणको लागि नारायणगढ मुग्लिङ सडक खण्ड दुई तर्फी बन्द गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।