साउन १६, कास्की । क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न भएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी सुकुम्बासी संघ नेपालको यही २०८२ साउन १५ र १६ गते पोखरामा प्रथम राष्ट्रिय भेला सम्पन्न भएको हो ।
राष्ट्रिय भेलामा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ पोलिट्ब्युरो सदस्य सिताराम तामाङ्ग रहेका थिए भने अन्य अतिथिहरूमा पोलिट्ब्युरो सदस्य केशबहादुर परियार, केन्द्रीय समिति सल्लाहकार सदस्यद्वय रामजी थापा, युवराज न्यौपाने, रक्तिम सांस्कृतिक परिवारका केन्द्रीय अध्यक्ष नारायण शर्मा, पार्टीका केन्द्रीय सदस्यहरू बाबुराम सुबेदी, बिक्रम थापा, भिम श्रीस, सुशिला थापा, दिपक गुरूङ, नेवाः मुक्ति मोर्चाका केन्द्रीय सदस्य निलप्रसाद श्रेष्ठ, क्रान्तिकारी महिला संघकी केन्द्रीय सदस्य देवी थापा, जनसाँस्कृतिक महासंघबाट अग्निराज पौडेल, अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य दिनेश जोशी, अग्राधार टिभिका सञ्चालक राम घले परियार, अखिल नेपाल तमु राष्ट्रिय मुक्ति मोर्चाकी केन्द्रीय सदस्य गङ्गा गुरूङलगायत थिए ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि सिताराम तामाङबाट गरिएको थियो । भेलाबाट २१ सदस्यीय केन्द्रीय समिति निर्माण भएको छ। जसमा केन्द्रीय संयोजक भिम चापागाईं, केन्द्रीय सचिवालय सदस्यहश्र हिमलाल वाग्ले, गङ्गा गुरूङ, तिलक बिक, सन्ध्या प्रधान, युवराज न्यौपाने, देबि थापा, केन्द्रीय सदस्यहरूमा पवन गुरूङ, चक्रबहादुर खत्री, सृजना शाक्य, रामप्रसाद कंडेल र उदय पराजुली लगायत रहेका छन् ।
कार्यक्रमको अध्यक्षता भिम चापागाईंले गरेका थिए भने आयोजकको तर्फबाट स्वागत मन्तव्य सन्ध्या प्रधानले गरेका थिए ।