0 COMMENTS

साउन १२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर व्यूरोको आयोजनामा ३ दिने कार्यशाला उद्घाटन सम्पन्न भएको छ । साउन ९ गते (शुक्रबार) उद्घाटन भएको कार्यक्रममा ‘संसारका मजदुर तथा उत्पीडित जनता एक होऔँ, माक्र्सवाद–लेनिवाद–माओवाद–जिन्दावाद !, नयाँ जनवाद–वैज्ञानिक समाजवाद— जिन्दावाद !’ भन्ने नारासहित स्थायी समिति सदस्य तथा स्कुल विभाग प्रमुख रामसिंह श्रीसले व्यानर पढेर उद्घाटन गरेका थिए ।

कार्यशालाको अध्यक्षता व्यूरो सचिव चिन्तामणी पौडेल, अतिथि स्थायी समिति सदस्यद्वय रामसिं श्रीस, हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिटव्युरो सदस्य तथा व्युरो इन्चार्ज दिनेश शर्मा रहेका थिए । कार्यशालाको शुभकामना मन्तव्य रामसिङ श्रीस, हेमन्तप्रकाश ओली सुदर्शन र दिनेश शर्माले राखेका थिए भने कार्यक्रमको सञ्चालन केदार खतिवडा र स्वागत मन्तव्य श्याम केसीले गरेका थिए ।

कार्यशालामा हेमन्तप्रकश ओली ‘सुदर्शन’ ले नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास र नीति कार्यक्रम, रामसिंह श्रीसले संगठनात्मक सिद्धान्त, राज्य र क्रान्ति, विधान इन्द्रमोहन सिग्देलले राजनीतिक प्रतिवेदन, अतिरिक्त मुल्यको सिद्धान्त परि थापाले संस्कृति र साँस्कृतिक रुपान्तरण, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास दिनेश शर्माले दीर्घकालीन जनयुद्ध र सशस्त्र जनविद्रोहको अन्तरसम्बन्ध, रणनीतिक र कार्यनीति चिन्तामणी पौडेलले निमावली , केदार खतिवडाले माइनट र अन्य लेखन श्याम केसीले रिपोर्टिङ र सुरेश अधिकारीले आत्मालोचना र आलोचना विषय प्रस्तुत गरे । 

त्यसैगरी, प्रशिक्षार्थी रोशन विसंखे, असल वाइबा, रुपेश रम्तेल, हजारसिंह लामा, दिनेश तमाङ, देवी गौली, चन्द्र गुरुङ, वसन्त पौडेल, श्यामराज पौडेल, पदम तामाङ, सचिर मर्जन, मनोज थापा, गोपाल दास श्रेष्ठ, बोजराज श्रेष्ठ विभिन्न विषयमा प्रस्तुति गरे ।

त्यसैगरी, कार्यशालाको अन्तिम दिनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरोको आयोजनामा ३ दिने कार्यशाला समापन कार्यक्रम सम्पन्न भयो । २०८२ साउन ११ गतेसम्म चलेको कार्यशालाको समापन कार्यक्रमको अध्यक्षता ब्युरो सचिव चिन्तामणी पौडेल, अतिथि स्थायी समिति सदस्य रामसिंह श्रीस, पोलिट ब्युरो सदस्य दिनेश शर्मा रहेका थिए । रामसिंह श्रीस, दिनेश शर्मा, श्याम केसी, सुरेश अधिकारी, चन्द्र गुरुङ, रोशन विशंखे र मनोज थापाले अनुभुतिसहितको मन्तव्य राखेका थिए ।

कार्यक्रममा रामसिंह श्रीसले प्रशिक्षार्थीहरु रोशन विसंखे, असल वाइबा, रुपेश रम्तेल, हजारसिंह लामा, दिनेश तमाङ, देवी गौली, चन्द्र गुरुङ, वसन्त पौडेल, श्यामराज पौडेल, पदम तामाङ, राजु लोला, सचिर मर्जन, मनोज थापा, गोपाल दास श्रेष्ठ, बोजराज श्रेष्ठ, सुहाङ मोक्तानलाई प्रमाण पत्र हस्ताणतरण गरेका थिए ।

ब्युरो इन्चार्ज दिनेश शर्मा र ब्युरो सचिव चिन्तामणी पौडेलले प्रशिक्षक हेमन्तप्रकाश ओली ‘सुदर्शन’, रामसिंह श्रीस, इन्द्रमोहन सिग्देल, परि थापा, केदार खतिवडा, श्याम केसी, सुरेश अधिकारीलाई सम्मान पत्र हस्ताणतरण गरे ।

उक्त समापन कार्यक्रमको सञ्चालन केदार खतिवडाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।