0 COMMENTS

साउन ११, काठमाडौँ । गाजामा इजरेलका कारण बढ्दाे भोकमरीका बीचमा संयुक्त अरब इमिरेट्स (युएई) ले तत्काल हवाई मार्गबाट सहायता पुनः सुरु गर्ने बताएको छ । इजरेलले गाजामा विदेशी सहायता जानमा राेक लगाएकाे छ । यसलाई इजरेलले गाजामाथि गरेकाे युद्द अपराध मानिएकाे छ ।

युएईका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानले गाजामा मानवीय अवस्था गम्भीर स्तरमा पुगेको भन्दै युएईले प्यालेस्टिनी जनताको जीवन बचाउने सहायता प्रदान गर्ने प्रयासमा अग्रपंक्तिमा रहेको बताएका छन् । उनले भनेका छन्- ‘हामी आवश्यक सहायता सबैभन्दा बढी आवश्यक परेकाहरूसम्म पुगोस् भन्ने सुनिश्चित गर्न चाहन्छौं, चाहे त्यो जमिन, हवाई वा समुद्री मार्गबाट होस् । हामी हवाई मार्ग तुरुन्तै पुनः सुरु गर्दैछौं ।’ इजरायलले गाजामा अन्य देशहरूलाई सहायता पुर्‍याउन अनुमति दिने बताएपछि युएईको यस्तो भनाई आएको हो ।

गाजामा भोकमरीका कारण अहिलेसम्म १२२ भन्दा बढीको मृत्यु भएको बताइएको छ । संयुक्त राष्ट्र संघको खाध्य कार्यक्रमले गाजामा हाल तीन मध्ये एक जनासँग खान नभएको आँकडा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।