0 COMMENTS

जेठ ११, काठमाडौँ । उत्तर कोरियाले तीन वटा शक्तिशाली व्यालिस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाको राजधानी प्योङयाङको सुनान क्षेत्रबाट एक घन्टाको अन्तरालमा उत्तर कोरियाले बुधरबार पूर्वी तटको सागरमा तीन वटा मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले एसिया भ्रमण सकेर स्वदेश प्रस्थान गरेको केही घन्टापछि उत्तरले तीन ओटा मिसाइल प्रहार गरेको हो । क्वाड शिखर सम्मेलनमा सहभागी हुन बाइडेन टोकियो आएका थिए । भ्रमणका क्रममा उनी दक्षिण कोरिया पनि पुगेका थिए ।

उत्तरले करिब दुई सातापछि फेरि मिसाइल प्रहार गरेको हो । सन् २०२२ को सुरुदेखि नै उत्तर कोरियाले बारम्बार मिसाइल प्रहार गर्दै आएको छ । उत्तरले बुधबार प्रहार गरेको मिसाइल १७ औँ हो । उत्तर कोरियाको राजधानी प्योङयाङको सुनान क्षेत्रबाट करिब एक घन्टाको अन्तरालमा मिसाइल प्रक्षेपण गरिएको दक्षिण कोरियाको संयुक्त चिफ अफ स्टाफले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।