0 COMMENTS

जेठ ८, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य फेरि बढाएको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाउँदा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएको छ ।

वैशाख ३१ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको निगमले ८ दिनमै पुनः १० रुपैयाँ बढाएको हो । यससँगै अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ भने अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पर्नेछ ।

निगमले भारतबाट मूल्य बढेर आएको र बढ्दो घाटा व्यवस्थापन गर्न तथा पेट्रोलियम पदार्थको आपूर्ति तथा विक्री वितरण सहज बनाइराख्न मूल्यवृद्धि गर्नुपरेको जनाएको छ । चालु आर्थिक वर्षमा निगमलाई करिब ४७ अर्ब रुपैयाँ घाटा भएको पनि निगमका सह प्रवक्ता पुष्कर कार्कीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।