0 COMMENTS

असार ३०, धरान । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आइतबार १५ नं. ब्यूरोका सदस्य तथा सुनसरी जिल्ला सचिव पारस लिम्बूकी नातिनी नामसिमा लिम्बूको निधनको तेस्रो दिन श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेको छ ।

पार्टीका ब्यूरो इन्चार्ज सिताराम बुढाथोकी, ब्यूरो सचिव डिल्लीराम बोहरासहितका नेताहरुले मृतकको घरमा पुगी मृतकका हजुरबुबा पारस लिम्बू तथा हजुरआमा सुनमाया लिम्बूलाई पार्टीको तर्फबाट हार्दिक समवेदना पत्र समेत हस्तान्तरण गरेका थिए ।

२०७६ साल बैशाख ५ गते जन्मिएकी नामसिमा लिम्बूको २०८२ साल असार २७ गते उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रनिष्ठान धरानमा दुःखद् निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।