0 COMMENTS

असार २५, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ८ नं. ब्युराेले चीनको तिब्बतबाट २०८२ असार २४ गते मङ्गलबार आएको बाढीबाट हुन गएको क्षतिमा उद्धार र राहतको कार्यमा सक्रिय भूमिका खेल्न नेपाल सरकारसँग जोडदार माग गरेको छ । ८ नं. ब्युराे सेक्रेटरी सरोजले २०८२ असार २४ गते एक प्रेस वक्तव्य जारी गर्दै सो माग गरेका हुन् ।

वक्तव्यमा बाढीमा परी वेपत्ता हुनु भएकाहरुप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै वेपत्ता जनहरुको उद्धारकार्यलाई तीव्र पार्न माग गरिएको छ । वक्तव्यमा पार्टी पङ्क्तिलाई उद्धार र राहतको कार्यमा जुट्न समेत माग गर्नुका साथै त्रिशुली नदी किनार आसपास बसोबास गर्नेहरुलाई सुरक्षा अपनाउन पनि अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।