असार १३, काठमाडौंँ । सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले पुनः आन्दोलन सुरू गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै उनीहरूले पसल बन्द परेर पुन सडक आन्दोलन सुरू गरेका हुन् ।
निरन्तर आन्दोलनका रहेका व्यवसायीहरूले यसअघि केहि दिन सडक प्रदर्शन स्थगित गरेका थिए । तर,आफूहरूको मागमा सरकार गम्भीर नभएको भन्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले पुनः सडक आन्दोलन सुरू गर्दै काठमाडौंको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा दुई प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ । सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने समेत संघर्ष समितिका संयोजक विपेन्द्र रामुदामुले बताए।
व्यवसायीहरूले सुनमा लगायतको कोटा प्रणााली खारेज गर्न समेत माग गरेका छन् । उक्त करको व्यवस्था लागू गर्दा आफूहरूको व्यवसाय धरासायी हुने व्यवसायीहरूको भनाइ छ ।