0 COMMENTS

असार ११, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएका छन् । पतञ्जली जग्गा प्रकरणमा बयानका लागि उनी बुधबार अदालतमा उपस्थित भएका हुन् । बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा गत जेठ २२ गते पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले नेता नेपालबाट १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।

माधवकुमार नेपाल प्रधानमन्त्री भएको बखतमा २०६६ सालमा पतञ्जलिका नाममा हदबन्दीभन्दा बढी जग्गा साटफेर गर्न दिने निर्णय भएको थियो ।

हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप उनीहरूमथि लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।