0 COMMENTS

असार ९, धनगढी । मृत अवस्थामा धनगढीमा एक युवती भेटिएकी छन्। धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीमा सोमवार बिहान कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले कोठा भाडामा बस्दै आएकी युवती मृत भेटिएको बताए। सिंहका अनुसार कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाएको अवस्थामा उनी मृत भेटिएकी हुन्। घटनास्थल सिल गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।