0 COMMENTS

पर्वत । क्यान्सर काउन्सिल नेपालको आयोजना र एभरेष्ट बैंक लिमिटेडको सहकार्यमा पर्वत जिल्लाको नमूना आवसिय मा.वि. मा सुर्तिजन्य पदार्थको नकारात्मक असर, वातावरणीय प्रभाव, क्यान्सर तथा मुटुरोगको बारेमा एक दिवसिय जनचेतना तथा अन्तक्रिया कार्यक्रम बुधवार सम्पन्न गरिएको छ ।

उक्त्त कार्यक्रममा विशेषज्ञ डा.अमित ढुंगानाले विश्वको नै एक भयावह रोग क्यान्सर लगायत अरु रोगकोे रोकथामको लागि जनस्तरबाट अभियान संचालन गर्नुपर्ने कुरामा जोड दिनुुभयो । क्यान्सर लगायतका नसर्ने रोग रोकथामको लागि जनचेतना कार्यक्रम र समयमा उपचार उपयुक्त विधि भएको कुरा डा. ढुङ्गानाले प्रष्ट पार्नु भयो । सुर्तीजन्य पदार्थबाट बच्न सकियो भने पनि हामीले धेरै किसिमको रोगबाट बच्न सक्ने कुरा उहाँले प्रष्ट पार्ने भयो ।

नमूना आवसिय मा.वि.का प्रधानाध्यापक इन्द्रमान खत्रीले क्यान्सर काउन्सिल नेपालले जनचेतनामूलक कार्यक्रम यस विद्यालयमा संचालन गरेकोमा धन्यावाद दिनुुभयो । क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले स्वस्थ समाज निमार्णको लागि जनस्तरबाट  स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गर्नुपर्ने कुरा बताउनु भयो । स्वास्थ्य शिक्षा कार्यक्रमले  रोगहरूको सम्भावित कारणहरू र रोकथाम, उपायले गर्दा रोगहरूको उपचार खर्च कम र उपदेयता पनि बढी हुने कुुरा प्रष्ट पार्नुु भयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।