0 COMMENTS

वैशाख २६, काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले आइतबार न्युकासल युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गरेको छ । लिगमा अब तीन खेल बाँकी रहँदा सिटीले लिभरपुलमाथि ३ अङ्कको स्पष्ट अग्रता बनाउँदै शीर्ष स्थानमा उक्लेको छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा खेलमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले १९ औँ र ३८ औँ मिनेटमा गोल गरेका थिए । यस्तै खेलको ६१औँ मिनेटमा रोड्रीले गोल गरेपछि सिटीको अग्रता तेब्बर बन्यो । ९०औँ मिनेटमा फिल फोडेनले गोल गरेपछि सिटीको अग्रता ४–० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा स्ट्रर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५–० को जित दिलाए ।

जितपछि सिटीले ३५ खेलबाट ८६ अङ्क जोडेको छ भने लिभरपुलको समान खेलबाट ८३ अङ्क रहेको छ ।

यस्तै आर्सनलले आइतबारै लिड्स युनाइटेडलाई २–१ ले हराएर शीर्ष चारमा स्थान मजबुत बनाएको छ । ३५ खेलबाट ६६ अङ्क जोडेको आर्सनल चौथो स्थानमा छ भने आर्सनलले पाँचौ स्थानको टोटनहम हट्सपरमाथि ४ अङ्कको अग्रता बनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।