0 COMMENTS

फागुन २९, काठमाडौँ । देशका पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदैछ । विगत केहि वर्षदेखि चितवनमा दुई दिन नै फागु पर्व मनाउने गरिएको छ । यो पर्व फाल्गण शुक्ल पूर्णिमामा मनाइन्छ । योपटक भने आज बिहान १० बजेर ३२ मिनेटसम्म चतुर्दशी तिथि रहने र त्यसपछि पूर्णिमा लाग्ने पञ्चांगमा उल्लेख छ ।

यो पर्वलाई पुरानो कटुता समाप्त गरेर एक आपसमा खुसी साट्ने दिनका रूपमा लिइन्छ। वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कामाथि पानी छ्यापेर र विभिन्न प्रकारका रङ दलेर बनाएर मनाउने चलन छ । यही पर्वलाई तराई–मधेश क्षेत्र होलीका नाममा पूर्णिमाको भोलिपल्ट मनाउने परम्परा छ । फागु पर्वलाई होली पनि भनिन्छ। हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको बताइन्छ । होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ ।

काठमाडौँ उपत्यकामा फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर (विशेषरूपले सजाएको लिंगो) गाडेपछि फागुपर्व शुरू हुन्छ । पूर्णिमाको रातमा चीर ढालेर जलाएपछि समाप्त भएपछि सकिन्छ। तराई–मधेश क्षेत्र भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ ।

फागुपर्वका अवसरमा सरकारले पहाडी जिल्लाहरूमा आज सार्वजनिक विदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।