0 COMMENTS

फागुन २५, नवलपरासी । क्रान्तिकारी महिला संगठन नेपाल नवलपरासीद्वारा शनिबार बर्दघाट–४ दिब्यनगरमा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न गरिएको छ । 

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर थापा, जिल्ला सेक्रेटरी रवि पाण्डेय, सहिद तथा बेपत्ता परिवार समाजकी जिल्ला संयोजक उर्मिला थापा र क्रान्तिकारी महिला संगठन नेपालकी जिल्ला संयोजक मुक्तमाया महतोले सम्बोधन गरेकी थिइन् । कार्यक्रमको अखिल (क्रान्तिकारी) जिल्ला सदस्य आर्जु ढकालले सञ्चालन गरेकी थिइन् । 

कार्यक्रममा क्रान्तिकारी युवा संघ नेपालका संयोजक रामप्रसाद अर्गेजा, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला संयोजक बोल्गा नेपाल, सहिद परिवार धनकुमारी सुनार लगायतको आतिथ्यता थियो । 

कार्यक्रम पछि तीनवटा महिला संगठनहरु अनेमसंघ (क्रान्तिकारी), अनेमसंघ (क्रान्तिकारी) र अखिल नेपाल महिला संघबीच एकता घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।