0 COMMENTS

फागुन २५, काठमाडौँ । क्रान्तिकारी महिला संगठनको आयोजनामा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सम्पन्न भएको छ । शनिबार काठमाडौँको त्रिपुरेश्वरबाट निकालिएको क्रान्तिकारी महिलाहरुको जुलुस कुपण्डोलस्थित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कार्यालयमा पुगेर विशेष समारोहमा परिणत भएको थियो । कार्यक्रमलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेताहरु र क्रान्तिकारी महिल नेतृहरुले सम्बोधन गरेका थिए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल ‘गौरव’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका स्थायी समिति सदस्यहरु रामसिंह श्रीस, सन्तबहादुर नेपाली, हरिभक्त कडेल, इन्द्रमोहन सिंग्देल, सीताराम तामाङ, दिनेश शर्मा, चिन्तामणि पौडेललगायतको उपस्थति रहेको थियो ।

कार्यक्रमलाई प्रमुख अतिथि सीपी गजुरेल, क्रान्तिकारी किसान महासंघका अध्यक्ष सीताराम तामाङ, पार्टीका स्थायी समिति सदस्य तथा ९ नं. व्युरोका इन्चार्ज दिनेश शर्मा, क्रान्तिकारी महिला संगठनकी सहसंयोजक शारदा महत, अखिल नेपाल जनसांस्कृतिक महासंघकी सचिवालय सदस्य गौरी देवकोटा, एकीकृत दलित मुक्ति मोर्चा नेपालकी कार्यालय सदस्य शोभा सेन्चुरी लगायतले महिला मुक्ति आन्दोलनको बारेमा विशेष चर्चासहित शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।