फागुन १६, काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज बिहान २ः५१ बजे भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहानका राति २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्र भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।
सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर आज बिहान गएको भूकम्पको परकम्प गइरहेको छ । बिहान ७ बजेर ३५ मिनेट जाँदाससम्म २३ वटा परकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । उनका अनुसार परकम्प आउनेक्रम जारी छ । “२.३ देखि ३.८ म्याग्निच्युडसम्मको परकम्प गइरहेका छन्,” भूकम्पविद् कोइरालाले भने, “सानासाना परकम्प आउनेक्रम जारी छ ।”
गोरखा भूकम्पको परकम्प गएकाले सानासानो ‘आफ्टर सक’ आइरहने उनले बताए ।